मेगा बैंकका ग्राहकले ह्याम्स अस्पतालमा उपचार गर्दा छुट पाउने

काठमाडौं, २६ फागुन । मेगा बैंक नेपालका ग्राहकहरुले काठमाडौंको मन्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच उपचार सेवामा सहकार्य गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *