नविल बैंकले २२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, २७ फागुन । नबिल बैंकले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत वोनश सेयर दिने भएको छ । बैंकको ३४ औं वार्षिक साधारण सभाले आव २०७४।७५ को मुनाफाबाट नगद लाभांश २२% र बोनस शेयर १२% दिने प्रस्ताव पारित गरेको हो ।  

आव २०७४ । ७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा रु.३ अर्ब ९८ करोड हासिल गर्न सफल भएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *