चन्दा नदिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह




काठमाडौं,२९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आतंक र धम्कीका भरमा चन्दा नदिन जनप्रतिनिधिहरुलाइ आग्रह गरेका छन् । नगरसघको २६ औ स्थपना दिवसको अवसरमा राजधानीमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन । विप्लव समुहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने “लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस” प्रधानमन्त्री ओलीले थपे “लुटेरा प्रवृतिले देशको विकास हुदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।” प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ,गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *