Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

देशभर बन्दको आंशिक प्रभाव जन-जीवन प्रभावित

देशभर बन्दको आंशिक प्रभाव जन-जीवन प्रभावित

काठमाडौं,३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आह्वान गरेको नेपाल बन्दको जन-जीवन प्रभावित भएको छ ।  अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् भने विद्यालयहरू कलेजहरूमा विदा दिइएको छ । सहरका भित्री भागहरुमा पसलहरु खुल्ला भएपनि मुख्य व्यापारीक केन्द्र उद्योग धन्दाहरु बन्द रहेका छन् ।

नेपाल प्रहरीले भने ‘स्कर्टिङ’ गरेर भए पनि गाडी चल्ने व्यवस्था गरेको जनाएको छ। चोकचोकमा बाक्लो मात्रमा सुरक्षाकर्मि परिचालित भएका छन्। प्रहरीले भने भौतिक आक्रमण, तोडफोड वा आगजनीका घटना नहुन् भनेर साधा पोशाकमा पनि व्यापक प्रहरी परिचान गरिएको भन्दै ढुक्क हुन आग्रह गरेको छ ।  यसै बीच पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको छ। उक्त शंकास्पद वस्तु बम भएको हुन सक्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीको अनुमान छ। यस्तै पाेखराकै भण्डारगेटमा बम भेटिएको छ । बुटवल कालिका चोकमा पनि संकस्पद बस्तु भेटिएको छ यस्तै उदयपुर पनि बम भेटिएको छ ।

दुइ दिन अघिमात्र सरकारले विप्लव समुहमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x