सेयर बजार १,१५५.५० को बिन्दुमा उक्लियो
काठमाडौं, ३० फागुन । बुधबार दोहोरो अंकले घटेको सेयर बजारमा बिहिबार भने सुधार आएको छ । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.४० अंकले बढेर १,१५५.५० को विन्दुमा कारोबार बन्द भएको छ।
साताको पहिलो कारोबारका दिन देखि नै सामान्य वृद्धि भएको नेप्से सोमबार र मंगलबार दोहोरो अंकले बढेको थियो । बिहिबार बजारमा कुल १ सय ७१ कम्पनीहरुको १३,३९,९७२ सेयर खरिद बिक्री हुँदा ४८ करोड ५८ लाख ७७ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका आधारमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २१ करोड ३४० रुपैयाँको कारोबार भएको छ।
सो दिन तिनाउ डेभल्पमेन्ट बैंकका लगानीकर्ताहरुले सार्वधिक कमाएका छन् । जस सेयर मुल्य ९.८८ प्रतिशतले वृद्धि भएको छ । साथै रिद्धी हाईड्रो पावर डेभलप्मेन्ट कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको सेयर मुल्य ६.१२२४५ प्रतिशतले घटेको छ । नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ९ वटा समुहको परिसुचक बढेको छ भने उत्पादन तथा प्रशोधन समुहको सुचक ०.२३ अंकले घटेको छ ।