एशियन लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं ३०, फागुन । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौता भएको छ । एशियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जीवन बीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार गण्डकी विकास बैंकका ७७ वटा शाखाहरुबाट इन्स्योरेन्स कम्पनीका २० वटा बीमा योजना खरिद गर्न सकिने छ ।

हाल एशियन लाईफ इन्स्योरेन्सले देशैभरी रहेका आफ्ना १ सय १४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिरहेको छ । हालसम्म कम्पनीको जीवन बीमाकोष १५ अर्ब १२ लाख रुपैयाँको रहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *