Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दिव्य लघुवित्तको अध्यक्षमा भट्टराई चयन

दिव्य लघुवित्तको अध्यक्षमा भट्टराई चयन

काठमाडौं, ३० फागुन । दिव्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा जिबन भट्टराई नियुक्त भएका छन । संस्थाको प्रथम बार्षिक साधारण सभाले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सभाले आगामी ४ बर्षको लागि जिवन भट्टराईको अध्यक्ष्तामा प्रकृतिराज तिमिल्सिना, महेश बहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ । समितिका अध्यक्ष भट्टराईले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट सपथ ग्रहण गरेका छन ।

संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी ११ करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ रहेको छ । उक्त लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण सेयरधनीलाई छुट्याईएको सेयर बाहेक हालको चुक्ता पूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंकको ३५.७१ प्रतिशत, कैलाश विकास बैंकको १५.२९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत सेयरमा लगानी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x