Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लगानी सम्मेलनको तयारी अन्तिम चरणमा, यस्ता छन् लगानीका लागि छनोट परियोजना

लगानी सम्मेलनको तयारी अन्तिम चरणमा, यस्ता छन् लगानीका लागि छनोट परियोजना

काठमाडौं,२ चैत । लगानीको एकआकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न सरकारले यहि चैत १५ र १६ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

लगानी सम्मेलनमा विभिन्न मुलुकका संभावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली संघ, निजी क्षेत्र, विषयविज्ञ, सञ्चार क्षेत्र लगायत गरी करिब ४००जना लगानीकर्ताको सहचागिता सुनिश्त गरेको छ ।

लगानीका लागि कृषिको व्यावसायीकरण, ऊर्जा, सडक, रेल हवाई, औद्योगिक र सूचना प्रविधिका क्षेत्रलाई प्राथमिकतामा  राखिने भएको  छ । सम्मेलनमा नेपालमा लगानीको सम्भावनाका क्षेत्र, लगानी आकर्षित गर्न सरकारले अघि बढाएका नीतिगत, प्रशासनिक एवम् कानुनी सुधारका प्रयास तथा लगानीका तुलनात्मक लाभबारे गहन प्रस्तुति तथा छलफल हुने सरकारले जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानी सम्मेलनकै क्रममा करिब दुइ दर्जन भन्दा बढी प्रोजेक्टमा सम्झौता हुने लगभग निश्चित भएको  बताएका छन् ।  अधिकारीका अनुशार सम्मेलनमा सरकारी र निजी तर्फका गरी ६३ वटा विधिन्न क्षेत्रका परियोजनाहरु प्रदर्शनीमा  राखिने भएको छ ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सहआयोजनामा लगानी सम्मेलन हुन लागेको हो । यस अघि  २०७३ सालमा पनि नेपाल लगानी सम्मेलन भएको थियो। २०७३ को लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको प्रतिवद्धता आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x