Shangrila

ठमेल परिषद्को नेतृत्व चयनमा ढिलाई, शक्तामोह नछाडे अश्विास प्रस्तावबाट हटाउने चेतावनी

काठमाडौं, २ चैत । ठमेल पर्यटन विकास परिषद्को वर्तमान नेतृत्वको कार्यअवधी समाप्त भईसकेको अवस्थामा पनि निर्वाचन घोषणा नगरेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
५ सय २५ भन्दा बढिसदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा गर्न माग गर्दै हस्ताक्षर पत्र बुझाएका छन् ।

ठमेल परिषद्का अध्यक्ष समिर गुरुङ समेतको रोहवरमा सदस्यहरुले ७ दिनभित्र निर्वाचन घोषणा नगरिए जिल्ला प्रशासन कार्यालय गएर कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । दुईतिहाईको बलबाट नेतृत्वलाई बर्हिगमित गरिने परिषद् सदस्यले चेतावनी दिएका छन ।

सदस्यहरुले यसअघि पनि निर्वाचन घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन सुरु गरेका थिए । यसबिचमा पटकपटक निर्वाचन घोषणा गर्न आग्रह गर्दा पनि गुरुङले बेवास्ता गर्दै आएका थिए । सदस्यहरुले नेतृत्व हावादारी र तर्कहिन बिषयमा अल्झेर बसेको, परिषद्को गरिमालाई कलंकित बनाउन उद्यत रहेको तथा व्यावसायी र पर्यटन क्षेत्र सुधारमा शुन्यताको स्थीति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन । दुईतिहाईको बलले नेतृत्व हटाउनु ठमेल पर्यटनको ईतिहासमा दुर्भाग्य हुने भन्दै नेतृत्व सच्चिने अवसर आफुहरुले दिएको एक सदस्यले बताए ।

ठमेल पर्यटनमा हाल ७ सय ९३ सदस्य रहेका छन । जसमध्ये ५ सय २३ सदस्यले बिरोधस्वरुप हस्ताक्षर अभियानमा संलग्न भईसकेका छन । यसरी हेर्दा ठमेलको राजनीतिक सरगर्मी हप्तादिन पछाडी सम्मका लागि निर्वाचन या नेतृत्व हस्तान्तरणमा टुंगीने निश्चीत देखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *