Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सरकारी खातामा १ खर्ब ७९ अर्व नगद मौज्दात

सरकारी खातामा १ खर्ब ७९ अर्व नगद मौज्दात

काठमाडौं, २ चैत । नेपाल सरकारको खातामा १ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । यस मध्ये ५० अर्ब ५२ करोड रुपैयाँ स्थानीय तहको खातामा रहेको नेपाल राष्ट्र बैंकले जारी सात महिनाको वित्तिय विवरणमा उल्लेख छ ।

सात महिनामा सरकारको वित्त स्थिति ५७ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा सरकारी वित्त स्थिति २६ अर्ब ४७ करोडले घटामा रहेको थियो ।

यस्तै सात महिनामा सरकारको राजस्व संकलन २२.१प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यो अवधीमा ४ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्ष सोही अवधिमा राजस्व संकलन १९.५ प्रतिशतलेले बढेर ३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x