Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

स्थानीय तहको खातामा रकम थन्कियो, तरलता अभाव कायमै

स्थानीय तहको खातामा रकम थन्कियो, तरलता अभाव कायमै

काठमाडौं,३ चैत ।  स्थानीय तहका लागि बिनियोजन गरिएको बजेट खर्च हुन नसक्दा तरलतामा अभाब झेल्नु परेको बैंकहरुले बताएका छन् । तरलता अभाव कामय रहनु स्थानीय तहमा विकास खर्च नहुँदा तरलता अभावमा कमी आउन नसकेको उनिहरुको निश्कर्ष रहेको छ । संघ प्रदेशको पूजीगतखर्च नबढनुले पनि तरलता अभाव कायमै राख्न सहयोग पुर्याएको छ ।

चालु आर्थिक बर्षको ७ महिना वितिसक्दा पनि ३० प्रतिशत पुजीगत खर्च हुन सकेको छैन । जसले गर्दा सरकारी ढुकुटीमा १ खर्ब ७९ अर्ब रकम थन्किएको छ । जस मध्ये ५० अर्ब ५२ करोड रकम स्थानीय तहको खातामा रहेको छ ।

आर्थिक वर्षको आधा वर्ष बित्दा पनि ३० प्रतिशत रकम खर्च हुन नसक्नुले ।  सरकारको ठूलो रकम ढुकुटीमा निष्क्रिय भएर बसेको छ ।  ढुकुटीमा रहेको रकमले आय, उत्पादन र रोजगारी बढाउँदैन ।  पुँजीगत बजेट खर्च हुन थाल्दा त्यसले अर्थतन्त्रका उत्पादनशील अवयवहरूलाई क्रियाशील नबनाउदा तरलता अभाव झेल्नु परेको हो। सरकारी ढुकुटीमा थन्किएको रकम खर्च हुने भने तरलता अभाव कम भएर जाने बैकरहरुको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x