Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोषद्वारा प्रभातफेरी आयोजना

नागरिक लगानी कोषद्वारा प्रभातफेरी आयोजना

काठमाडौं, ३ चैत । नागरिक लगानी कोषले २९ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा प्रभातफेरी कार्यक्रम गरेको छ । कोष परिसरबाट शनिबार बिहान कोष संचालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई, संचालक समिति सदस्यहरु डा.रामशरण खरेल, चन्द्र सिंह साउथ, लक्ष्मी प्रसाद पौडेल तथा कार्यकारी निर्देशक रमण नेपाल सहितको ¥याली माइतीघर मण्डलामा पुगेर पुनः कोष परिसरमा आई समापन भएको थियो ।

यही ४ चैतमा हुन लागेको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना भएको हो । कोषले बिगत देखि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

यसका साथै कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत सिर्जनसिल अपांग पुर्नस्थापन तथा विशेष शिक्षा बिद्यालय नैकापका २१ जना बिद्यार्थीलाई ट्रयाक सुट, पोते, ढाका कपडा, कुर्सि टेवल, दराज, ¥याक लगायतका सामान समेत बितरण गरेको छ। सो अवसरमा कोषले रक्तदान, कोष परिषरमा सरसफाई लगायतका कार्य गरेको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । रक्तदानसँगै कोषको आधिकारीक ट्रेड युनियनले बिभिन्न खेलकुद कार्यक्रम पनि आयोजना गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x