Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता एसएपीडीसीको म्याद थप

अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता एसएपीडीसीको म्याद थप

काठमाडौं,२ चैत्र । सरकारले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालि (एसएपीडीसी) लाई परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गरेको छ ।

कम्पनीले परियोजना निर्माणको काम बढाइसकेको छ भने परियोजनाका लागि आवश्यक ऋण सुविधा प्राप्त गर्ने कार्य अन्तिम चरणमा पुगेको बित्तिय ब्यवस्थापनको म्याद थप गर्ने निर्णय गरिएकाे लगानी बोर्डले जनाएको छ ।

 यस्तै लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन नेपालमा लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले उक्त सम्मेलनलाई अर्थपूर्ण बनाइ यसबाट अधिकतम उपलब्धि हासिल गर्न सबै सम्बद्ध निकायहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन निर्देशन दिनुभयो ।

सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीको विषयमा देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिनुभयो । सो अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आगामी सम्मेलनका लागि भएका तयारीबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x