धुलिखेलमा जिप लाइन सन्चालन
काठमाडौं ३ चैत । पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै धुलिखेलमा डोरीमा झुन्डिएर खेलिने खेल जिप लाइन सन्चालनमा आएको छ । वल्र्ड वाइट एडभेन्चर प्रालिले करिब ४ करोडको लगानीमा सन्चालनमा ल्याएको हो । धुलिखेल ८ थाप्ले डाडाबाट ११ सय मिटरको दुरिमा रहेको पाँचखाल ५ खावामा ल्यान्डिन पोइन्ट रहेको जिप लाइन ३ प्रकारको खेल खेल्न सकिन्छ ।
सन्चालक केदार थापाका अनुसार यस अन्तरगत सुपरम्यान, जोडिमा र सिङल जिप लाइन गर्नु सकिने छ । पोखरामा यस आगि नै सिङल जिप लाइन सचालनमा आएको भएता पनि सुपरम्यान र जोडीमा जिप लाइन भने नेपालमा पहिलो पटक धुलिखेलमा सन्चालन गरिएको थापाले बताए । उक्त जिप लाइन निर्माण गर्दा र जिप लाईनमा सम्पुर्ण सामानहरु आमेरिकन र क्यानेडियन प्रविधिका गुणस्तरीय सामान प्रयोग गरिएको छ । साथै कम्पनीले सेवाग्राहीको सुरक्षाका लागि ५ लाख सम्मको दुर्घटना बिमा पनि गरेको अर्का सन्चालक रमेश श्रेष्ठले जानकारी दिए ।
हाल १ वटा डोरीबाट मात्रै जिपलाइन गराइन्छ । पर्यटकहरूको बड्दो चापलाई मध्ये नजर गर्दै दुई वटा जिप लाइन डोरि थप गरिने सन्चालकहरुले जानकारी दिए । सो जिपलाइनको लागि आन्तरिक पर्यटकलाइ प्रोडक अनुसार २५ सय देखि ४५ सय रुपैया सम्म र वाह्य पर्यटकको लागि ३५ देखि ४५ डलर सम्म शुल्ल तोकियेको छ । कम्पनिले निस्चित समयको लागि शुल्कमा २५ प्रतिशात छुटको ब्यवस्था समेत गरेको जनाएको छ ।