Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रुरल माइक्रोफाइनान्सको १९औं वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पाइने

रुरल माइक्रोफाइनान्सको १९औं वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पाइने

काठमाडौं, २७ मंसिर । रुरल माइक्रोफाइनान्सले पौष २८ गते १९औं वार्षिक साधारण सभाका लागि शेयरधनीरुलाई बोलाएको छ । उक्त साधारण सभामा माइक्रोफाइनान्सले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने बताएको छ । २० प्रतिशत लाभांश मध्ये माइक्रोफाइनान्सले ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिदैछ ।

लाभांश प्रयोजनका लागि माइक्रोफाइनान्सले पौष ७ देखी २८ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । शेयरधनीहरुले पौष ६ गतेसम्ममा माइक्रोफाइनान्सको शेयर किन्नेमा २० प्रतिशत लाभांश पाउँनेछन् ।

बोनस शेयर वितरण पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी ६९ करोड २१ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x