शाइन रेसुङ्गाको पौष २२ गते वार्षिक साधारण सभा बस्दै, २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, २७ मंसिर । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको पौष २२ गते नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । बैंकले उक्त साधारण सभामा शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

बैंकले पौष १० देखी २२ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले २५ प्रतिशत बोनस शेयर र साधारण सभामा सहभागिताको लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको हो । बैंकको शेयर पौष ९ गतेसम्म खरिद गर्ने शेयर लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयरको हकदार बन्नेछन् ।

बोनस शेयर दिए पछि बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *