Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारमा उतारचढाप, छोटो अवधिमा हुने उतारचढापले साना लगानीकर्ता अन्यौलमा

शेयर बजारमा उतारचढाप, छोटो अवधिमा हुने उतारचढापले साना लगानीकर्ता अन्यौलमा

पूर्ण प्रसाद चौलागाई २०७४ मंसिर २७ काठमाडौं ।अल्पकालिन कारोबारी हावी हुँदा शेयर बजारमा उतारचढाप आएको छ । हुन त उतारचढाप शेयर बजारको प्रवृति नै हो । तर अहिले शेयर बजारमा देखिएको उतारचढापलाई अल्पकालिन कारोबार कै कारण मानिएको छ ।

एक महिना यता शेयर बजारको प्रवृतिलाई हेर्ने हो भने अल्पकालिन लगानी र कारोबारीहरुको प्रवेश भएको भन्न सकिन्छ । शेयर बजारमा कहिले साताको पहिलो केहि दिन बजार माथि चढ्ने र त्यस पछि घट्ने देखिन्छ भने कहिले साताको पहिलो केहि दिन बजार घटेर फेरि माथि उक्लने गरेको देखिन्छ । यसरी शेयर बजारमा देखिएको उतारचढापको कारण साना लगानीकर्ताहरु अन्यौलमा परेका छन् । अल्पकालिन लगानीकर्ताहरु सिमित कम्पनीको शेयर खरिद गर्ने र समिति प्रतिफल आर्जन पछि शेयर बेच्ने गर्दछन् । यसरी अल्पकालिन कारोबारीका कारण नेप्सेमा उतारचढाप देखिएको हो ।

अर्काे तिर शेयर बजारमा बाहुल्यता रखेका बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा आर्जन भएको संकुचन, प्रति शेयर आम्दामीमा आएको कमी, शेयर संख्यामा भएको वृद्धि लगाएतका कारणले पनि शेयर बजारमा उत्साह कम भएको छ । राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धिको निर्देशन जारी गरे पछि बढेको बजारमा बैंक तथा वित्तीय संस्थाहरुको शेयर मुल्यमा पनि वृद्धि भएको थियो । यता चुक्ता पुँजी वृद्धिको निर्देशनका कारण बैंक तथा वित्तीय संस्थाहरुको नाफा आर्जनबाट बोनस शेयर, हकप्रद शेयर र नयाँ शेयर निष्कासन गरेको थियो । यसरी बोनस शेयर, हकप्रद शेयर र नयाँ शेयर निष्कासनको कारण शेयर बजारमा शेयरको आपुर्ति बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धिका लागि योजना बनाए पनि चुक्ता पुँजी बृद्धिसंगै व्यवसाय विस्तार गर्ने योजनामा भने अवलम्वन गरेको छैन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा आर्जन अनुकुल असर पर्दछ ।

यस्तै शेयर बजारलाई प्रभाव पार्ने राजनितीक घटनाक्रमहरु पनि हुन् । विगतमा सरकार परिवर्तनका कारण राजनितीमा समेत यसको असर परेको थियो । तर स्थानिय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर परिणाम आएको छ । मत परिमाणको आधारमा मुलुकमा बामपन्थी सरकार बन्ने निश्चीत छ । शेयर लगानीकर्ताहरु लोकतान्त्रीक सरकार भन्दा पनि बामवन्थी सरकारसंग तर्सिको पाइन्छ । तर अर्थतन्त्र बलियो पार्न लोकतान्त्रिक र बामपन्थी दुवैले निती बनाएका छन् । त्यसैले शेयर लगानीकर्ताहरु अबको दिनमा शेयर बजार घट्छ भन्ने मनोस्थितीबाट माथि उठ्न आवश्यक रहेको छ ।

बुधबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक १०.५३ अंकले बढेर १५२०.७४ विन्दुमा पुगेको छ । आज १६४ कम्पनीहरुको १० लाख ४३ हजार ८८७ कित्ता शेयरको किनबेचबाट ४८ करोड ५९ लाख ११ हजार २९८ रुपैयाँ कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकम घटेको छ ।

साताको तिन दिन लगातार नेप्से घट्दा २६.२९ अंकले तल झरेको थियो । तर आजको १०.५३ अंकको वृद्धि भएको छ । बुधबार नेप्से परिसुचकसंगै सम्पुर्ण समुहगत उपसुचकहरु सकारात्मक भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x