Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङ्गको फुङलिङ्गमा

प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङ्गको फुङलिङ्गमा

काठमाडौं ३, चैत । प्रभु बैंक लिमिटेडले ताप्लेजुङ्गको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले आज एक समारोहका बीच फुङलिङ्ग शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सञ्चालनमा आएको बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

त्यस्तै बैंकिङ्ग सेवाले फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने समेत बैंकले विश्वास लिएको जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x