Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

अलमलमा सामाजिक शुरक्षा योजना ! चार महिनामा ०.२ प्रतिशत रोजगारदाता आवद्ध

अलमलमा सामाजिक शुरक्षा योजना ! चार महिनामा ०.२ प्रतिशत रोजगारदाता  आवद्ध

काठमाडौँ ४ चैत । सरकारले निकै तामझामका साथ घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता भने निराशाजनक देखिएको छ । फागनु मसान्त सम्म आइपुग्दा मुलुकभर रहेका ९ लाख भन्दा बढी प्रतिष्ठान मध्ये सामाजीक शुरक्षा कोषमा कुल २ हजार १३० रोजगारदातामा मात्र सूचीकरण भएका छन् । जस मध्ये  प्रदेश १ का ९०, प्रदेश २ का ५०, प्रदेश ३ का १ हजार ६२९, गण्डकी प्रदेश ४१, प्रदेश ५ का ३७, कर्णाली प्रदेशका सात, सुदूरपश्चिम प्रदेशका १४ र रोजगारदाता सूचीकृत भएका  छन् । जुन जम्मा सुन्य दशमलव २ प्रतिशत मात्र हो ।

गत वैशाखमा केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय आर्थिक गणनामा मुलुकभर ९ लाख २२ हजार ४४५ वटा विभिन्न प्रकारका उद्योग, व्यवसाय, संघसंस्था र प्रतिष्ठान सञ्चालनमा रहेको देखिएका थिए ।सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न नीतिगत अस्पष्टता देखिएको भन्दै व्यवसायीले योजना कार्यान्वयनका लागि आवश्यक ठानिएको रोजगारदाता सूचीकरण प्रक्रियामै अलमल गर्दै आएका छन् । यसरी रोजगार दाताको आकर्षण कम हुनुमा उद्योगी व्यवसायीको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रमको सम्बन्धमा नीतिगत अस्पष्टता रहेकाले जनाएको छ ।

कोषले केही दिनअघि उद्योगी, व्यवसायीसँग योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको नीतिगत व्यावहारिक पक्षमाथि छलफल गरेको थियो । जसमा ब्यवासयीहरूले योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।आर्थिक गणनामा समेटिएका मुलुकभर ९ लाख २२ हजार ४४५ उद्योग प्रतिष्ठानमा २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला गरी कुल ३४ लाख ८ हजार ७४६ जनशक्ति क्रियाशील रहेको पाइएको थियो ।सरकारले योजना सार्वजनिक गरेको झन्डै चार महिना पुगी सकेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x