रेलमार्गको सम्भाव्यता अध्ययनका लागि बजेट अभाव

काठमाडौं,५ चैत । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने र उक्त रकम खर्च हुने देखिएको र बजेट अभाव हुँदा अध्ययन अगाडी बढाउन नसकिएकाे भौतिक पूर्वधार तथा यातायत मन्त्रलले जनाएको छ  ।  यस्तै रक्सौल–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागिसमेत रु सात अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । यसको प्रारम्भिक अध्ययनको काम भारतीय पक्षले गरेको छ ।

केरुङ–काठमाडौँ रेलमार्गको भने नेपाली सहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीले सम्भाव्यता अध्ययनका लागि कम्तीमा दुई वर्ष लाग्ने जानकारी दिँदै साधन र स्रोत उपलब्ध भए तोकिएको समयमा नै रेलमार्ग निर्माणले गति लिने बताएका छन् ।

प्राविधिक रुपमा अध्ययन गर्न समय र पैसा दुवै लाग्ने भएकाले मन्त्रालयले सो आयोजनाका लागि आवश्यक बजेटको प्रबन्ध गर्नसमेत राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयलाई समेत आग्रह गरेको संसद समितिको बैठकमा अधिकारीले जानकारी गराए ।

सम्भाव्यता अध्ययन सकिएपछि उपयुक्त ढाँचाको छनोट गरी रेलमार्ग निर्माणको काम अगाडि बढ्ने छ । रेलमार्गका विषयमा नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच पटकपटक छलफल भइरहेको छ । सो रेलमार्ग करीब ८० किलोमिटर हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणसमेत प्रक्रियामा अगाडि बढाइने बताइएपनि आयोजनाका लागि हालसम्म कुन स्रोतबाट कसरी बजेट व्यवस्था गर्ने भन्नेबारेमा आवश्यक निर्णय भने भइनसको अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *