Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

गण्डकी प्रदेशको समृद्धिमा उद्योगी, व्यवसायीको जोड, नीजि क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने अर्थमन्त्रीको प्रतिवद्धता

गण्डकी प्रदेशको समृद्धिमा उद्योगी, व्यवसायीको जोड, नीजि क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं, ५ चैत । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्दै प्रदेशलाई समृद्धको बाटोमा अघि बढाउने बताएका छन् । नेपालको पहिलो साप्ताहिक आर्थिक कार्यक्रम अर्थको अर्थले आयोजना गरेको प्रदेशको सम्भावना, अवसर र चुनौती विषयक छलफलमा मन्त्री गुरुङले गण्डकी प्रदेशमा पर्यटन र उर्जाको ठुलो सम्भावना रहेको भन्दै त्यसको उपयोग गर्दै सम्बृद्धिमा अघि बढ्ने बताएका हुन ।

प्रदेशमा थुप्रै पूर्वाधार निर्माणको काम सुरु भइसकेको जानकारी दिदै उनले नीजि क्षेत्रले समस्या मात्र देखाउने भन्दा पनि समाधानको उपायाहरु खेज्न तिर ध्यान दिनुपर्ने बताए ।

अर्को प्रसंगमा उनले व्यवसायीक समस्याको समाधानका लागि एकद्वार प्रणालीको विकास गर्न लागेको त्यसले कम्पनी दर्ता देखि अन्य थुप्रै कार्यमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा पौडेलले प्रदेशका आर्थिक सुचकहरु सकारात्मक रहेको बताए । उनले नीजि क्षेत्र र सरकारबीच आरोप प्रत्यारोप भन्दा पनि सहकार्य गर्दै विकासको गतिलाई अघि बढाउनुपर्ने सुझाव दिए ।

छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले गण्डकी प्रदेशमा विकासका थुप्रै सम्भावना रहेको भन्दै त्यसलाई मुर्तरुप दिनुपर्ने बताए । अवको प्राथमितका भाषणा भन्दा पनि प्रभावकारी काम भएको उनले बताए ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले चुनावी घोषणा पत्र अनुसार सरकारले विकासको काम गर्नुपर्ने बताए । घोषणा पत्रका आधारमा जनताले निर्वाचनमा मतदान गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्दै विकास निर्माणलाई गति दिनुपर्ने बताए ।

पोखरा उद्योग बाणिज्य संघकी उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले लगानीमैत्री वातावरण निर्माणमा जोड दिइन । पर्यटन र उर्जाको ठुलो सम्भावना रहेको भन्दै उनले सरकार र नीजि क्षेत्रबीच सहकार्य गर्दै त्यसको विकासमा लाग्न आवश्यक रहेको बताइन ।

त्यस्तै पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किशन सुनारले बैंक तथा वित्तिय संस्थाको ब्याजदर नियन्त्रणमा चासो देखाए । उनले सरकार र नीजि क्षेत्र छलफलमा बसेर ब्याजदरको दिर्घकालिन समाधान खोज्नुपर्ने र त्यसले लगानीमैत्री वातावरण निर्माणमा समेत सहजता ल्याउने विश्वास ब्यक्त गरे ।

छलफलमा गण्डकी प्रदेशमा प्राय ः सबै जिल्लाका उद्योगी, व्यवसायी, बैंकर्सहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x