Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा

रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा

काठमाडौं, ५ चैत । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैंयामा टीसर्ट उपलब्ध गराउने भएको छ । ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टीसर्ट १ रुपैंयामा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्ने हुन्छ । यसरी १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २०० क्यास व्याक सहित १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x