Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

छाडा चौपायले बढायो ट्राफिक जाम

छाडा चौपायले बढायो ट्राफिक जाम

काठमाडौं, ८ चैत । उपत्यकामा ट्राफिक जाम अत्याधिक बढ्दो छ । सो ट्राफिक जाम बढाउन छाडा चौपायले पनि थप मद्धत गरिरहेको छ । सहरी क्षेत्रमा चौपाय पाल्ने पशुपालकहरुले चौपायहरुलाई छाडा छोड्ने गरेकाले सडकमा सवारी आवत जावतमा देखि पैदल यात्रुलाई समेत असहजता सृजना गरेको छ ।

विषेश गरि कोटेश्वर, तिनकुने, सितापाईला, ग्वार्को, गौशाला, थापाथली, कुलेश्वर, टेकु, कलंकी लगायतका सडकमा छाडा चौपाय बढी देखिन्छ । ति मध्ये सबै भन्दा बढी समयका गाई र बहरगोरुहरु धेरै देखिन्छन् । काठमाडौं उपत्यका भित्र छाडा चौपायमात्र करिब ८ सय ५० भन्दा बढी छन् ।

उसो त काठमाडौ महानगरपालिकाले छाडा चौपाय व्यवस्थापनका लागि टेकुमा गौशाला बनाएको पनि छ । तर टेकु वरपर क्षेत्रमा नै छाडा चौपायहरु सडक डाकेर ट्राफिक जाम गरि बसेका देखिन्छन् । टेकुको गौशालामा सबै चौपाय व्यवस्थापन गर्ने नसकिएको काठमाडौं महानगरपालिकामा प्रवक्ता इश्वरमान डंगोलले बताए । टेकुको गौलाशालामा चौपाय नअटेपछि महानगरले टोखामा र चितवनमा नयाँ गौशाला बनाउने योजना बनाएको छ । यसका लागि गौशालाको निमार्ण खाका तयार गरि जग्गा छनौट भइरहेको प्रवक्ता डंगोलले जानकारी दिए ।

साघुँरो शहरी क्षेत्रका घरहरुमा पालिएका पशुपालकले गाईहरु दुध दिउन्जेल सम्म पाल्ने र दुध दिन छाडेपछि छाडिदिने गर्दछन् । त्यसमा पनि बहरगोरु पनि प्रशस्तै छन् । त्यस्ता छाडा चौपायहरु नगर प्रहरीले पक्रिएर लिलामी गर्ने गरेको काठमाडौं नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । हाल सम्म नगर प्रहरीले १०० वटा चौपाय २७ हजार रुपैयाँमा लिलामी गरिसकेको छ । पशुधनीको आधिकारीक रुपमा कुनै पनि रेकर्ड महानगरसंग नभएकाले चौपाय सडकमा छोड्नेलाई कानुनी कारवाही गर्ने नसकिएको हुँदा समस्या घट्नुको साटो झन बढेको नगर प्रहरी प्रमुख सापकोटाको भनाई छ ।

अब भने महानगरले समस्याको दिर्गकालिन समाधानका लागि चौपायमा इलोक्ट्रोनिक रेकर्ड सिस्टम जडान गर्ने भएको छ । शहरी क्षेत्रमा पालिने हरेक चौपायको महानगरमा दर्ता गर्नु पर्ने र चौपायमा विद्युतिय रेकर्डर जडान गरिने सापकोटाले बताए । रेकर्डर चौपायको शरिरमा नै राखिने हुँदा कुन पशुधनीको चौपाय कहाँ छ र कसले छाडा छोडेको छ सबै थाहा हुने उनको भनाई छ ।
छाडा चौपायहरुले सडक जाम बढाउने र फोहोर गर्नुका साथै सार्वजानीक बगौचाहरु नष्ट गर्ने, स्थानियहरुको घरमा पसेर फलफुल, तरकारी बाली नष्ट गरि दिने गर्दछन् । हिजो सम्म आफु बसेको घरैमा पालेको गाई घरबेटीले सडकमा लगेर छोडेको गौशाला स्थायीबसिन्दाँ जानुका बिष्ट बताउछिन् । सरकारले सहरी क्षेत्र भन्दा बहिर मापदण्ड तोकेर मात्र पशुपाल्न दिनु पर्ने उनको बुझाइ छ ।

छाडा चौपायले गर्दा सडकमा गुड्ने सवारी र सर्वसाधारणलाई त समस्या छदै छ । तर १४ घण्टा सम्म सडकमा नै बसेर डिउटी गर्नु पर्ने ट्राफिकहरुलाई छाडा चौपायले गर्दा झन बढी समस्या थपिएको छ । सवारीको चापले गर्दा भएको ट्राफिक जाम व्यवस्थापन गर्न नै हम्मेहम्मे भएको समयमा चौपाय सडकमा आउदाँ ट्राफिकहरु आजित नै भइसकेको ट्राफिक प्रहरी जवान मधुकर अवालको गुनासो छ । एक्लै डिउटीमा हुदा गाडीहरुको चाप व्यवस्थापनसँगै सडक बीचमा चौपाय आउदा अर्को समस्या हुने गरेको उनले बताए ।

सरकारको सहरी व्यवस्थापन ऐनमा छाडा चौपाय व्यवस्थापन निर्देशिका २०७५ मा पनि शहरी क्षेत्र भित्रमा घरपालुवा पशु छाडा छोड्नेमाथि कारवाही गरिने उल्लेख छ । तर हाल सम्म महानगरले भने चौपाय छाडा छोड्ने पशुपालकहरुलाई कारवाही गरेको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x