Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुदुरपश्चिम प्रदेशमा पहिलो आन्तरिक उडान सुरु, समिट एयरले गर्यो धनगढी–अछाम उडान

सुदुरपश्चिम प्रदेशमा पहिलो आन्तरिक उडान सुरु, समिट एयरले गर्यो धनगढी–अछाम उडान

धनगढी,८ चैत । नीजि हवाई कम्पनी समिट एयरले शुक्रवारदेखि साँफे–धनगढी–साँफे उडान सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशबाट आफ्नै प्रदेशमा आन्तरिक तर्फ पहिलो पटक धनगढी–अछाम हवाई सेवा सुुरु भएको हो ।

अछामको साँफेवगरबाट शुक्रबार विहान नौ बजेर ४ मिनेटमा १६ जना यात्रु बोकेर पहिलो उडान गरेको समिट एयरले धनगढीबाट नौ बजेर ४३ मिनेटमा १८ जना यात्रु बोकेर अछाम पुगेको छ । साँफेबगर बिमानस्थल कालोपत्रे भए पछि पहिलो पटक आन्तरिक उडान शुक्रबारबाट सुुरु भएको हो । गत फागनु २२ गते नेपालगञ्ज देखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले चैत्र ७ गते पुनः दोस्रो उडान सोही रुटमा गरेको थियो ।

साँफेबगरबाट धनगढीका लागि नियमित उडान भने आन्तरिक छलफलपछि मात्रै टुंगो लाग्ने समिट एयरका नेपालगंज प्रमुख सरोज प्रसाद उप्रेतीले जानकारी दिए । उनले यात्रुहरुको चाँप हेरेर आगामी दिनमा नियमित उडान संख्या बढाउदै लैजाने बताए । धनगढी देखी साँफेबगरसम्मका लागि ३ हजार ३ सय ५० रुपैया भाडादर कायम गरिएको उप्रेतीले बताए । । केही समय हप्तामा एक दिन शुक्रवार उडान भर्ने जनाएको समिट एयरले यात्रुको चापका आधारमा साप्ताहिक उडानसंख्या थप्ने योजना रहेको जनाएको छ।

धनगढीका लागि समिट एयरको आधिकारिक एजेन्सीका सञ्चालक दीपक दुवालले मानसरोवार जानेहरु यात्रुहरुको सजिलोको लागि हप्तामा एक दिन साँफे–सिमिकोट उडान भर्ने बताए ।
समिट एयरले हुम्लालाई आधार बनाएर साँफे–धनगढी हवाई रुटमा शुक्रवार देखि सेवा सुरु गरेको हो । सिमिकोटबाट ८ बजेट ५८ मा साँफे पुगेको समिट एयरको जहाज साँफे–धनगढी–साँफे उडान भरिसकेपछि पुनः सिमिकोट फर्किएको थियो ।

मानसरोवर जाने भारतीय तथा नेपाली यात्रुको सजिलोका लागि साँफेबाट सिमिकोटको उडान अत्यन्त सस्तो रहेको दुवालले बताए । दुवालका अनुसार १२ मिनेटमा तय हुने साँफे–सिमिकोटको हवाई यात्राको टिकट दुई हजार पाँच सय रुपैया रहेको छ ।
धनगढी–साँफे–सिमिकोटको हवाई सेवा नियमित भए त्यसले नेपाली र भारतीय यात्रुहरुलाई आकर्षण गर्नेछ ।
प्रचार प्रसारको अभाव र पहिलो उडान भएका कारण शुक्रवार साँफेबाट सिमिकोट उडेको समिटको जहाज भने यात्रु नभएर रित्तै उडेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x