Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको भाउ ६ दिनामा ९ सय बढ्यो

सुनको भाउ ६ दिनामा ९ सय बढ्यो

काठमाडौं, चैत ११ । स्थानीय बजारमा गत ५ गते ह्वात्तै घटेको सुनको भाउ आज बढेर प्रति तोला ६० हजार ६ सय कायम भएको छ । गत ५ गते प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता ६ दिनमा (आजसम्म) ९ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन हिँजो सुनको भाउँ प्रति तोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोलामा २ सय रुपैयाँले वृद्धि भएर कारोबार भईरहेको छ । ७ गते सुनको भाउँमा वृद्धि भएर ६० हजार २ सयमा कारोबार भएपनि ८ गते भने सुनको भाउँमा २ सय रुपैयाँले गिरावट आएको थियो ।

गत ८ गते ६० हजार रपैयाँमा कारोबार भएको सुनमा १० गते (हिजो) ४ सय रुपैयाँले वृद्धि भएर ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी गराएको छ ।
त्यस्तै आज चाँदिको भाउ प्रति तोला ७ सय ४० रुपैयाँ रहेको छ । केही दिन यता चाँदीको मूल्यमा भने स्थिरता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x