Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रभु बैंकका २ नयाँ शाखाबाट सेवा सुरु

प्रभु बैंकका २ नयाँ शाखाबाट सेवा सुरु

काठमाडौं, ११ चैत । प्रभु बैंक लिमिटेडले दुई नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । संखुवासभाको खाँदवारी नगरपालिका वडा नं. १ मा र उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ मा शाखा कार्यालयको आइतबार विस्तार गरेको हो । खाँदवारी शाखा कार्यालयको उद्घाटन खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले र गाईघाट शाखाको उद्घाटन प्रदेश सभासदस्य हिमाल कार्कीले गरेका थिए ।

आईतबारदेखि सञ्चालनमा आएका बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेमा बैंक विश्वस्थ रहेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x