दाङ र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा प्रारम्भ

काठमाडौं, ११ चैत । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराही र सल्यानको शारदा नगरगरपालिका १, श्रीनगरमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले घोराही शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यस्तै आइतबार सल्यानको श्रीनगर शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष ढकालले संयूक्त रुपमा गरे ।

आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङको घोराही र सल्यानको श्रीनगरमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले ६७ भन्दा बढी शाखा मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको पनि जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *