कामना सेवा बैंककोे शाखा निजगढमा

काठमाडौं, १२ चैत । कामना सेवा विकास बैंक लिमिटेडले बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ७ मा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा चैत ११ गते उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय विस्तार भएसँगै अब निजगढ शाखाबाट स्थानीय व्यवसायीहरु र स्थानीय बासिन्दाहरुले आवश्यकता अनुसार बैंकिङ्ग सेवा सहज रुपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
हाल बैंकले देशका विभिन्न ठाउँहरुमा ७३ वटा शाखा कार्यालय र २९ वटा एटीएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *