Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

मंगलबार नेप्से २.०७ अंकले बढ्यो

मंगलबार नेप्से २.०७ अंकले बढ्यो

काठमाडौं, १२ चैत । साताको तेस्रो कारोबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०७ अंकले बृद्धि भई १,१४०.७२ विन्दुमा बन्द भएको हो ।

सो दिन १ सय ७१ कम्पनीको ८,८२,८८५ कित्ता सेयर खरिद बिक्री हुँदा २१ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारको आधारमा आज नेपाल बंगलादेश बैंक लिमिटेडको प्रमोटर सेयरले अग्रता लिएको छ । बैंकको १ करोड ५८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको हो ।

यसैगरि उक्त दिन सबैभन्दा बढी कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । साथै सबै भन्दा बढी गुमाउनेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ताहरु रहेको छन् । जसको आज शेयर मूल्य ९.८७६५४ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये १ समुहको परिसुचक घटेको छ । अन्य सबै समूहको परिसुचक बढेको छ । जसमा माइक्रोफाइनान्स समुहकोे परिसुचक ०.३७ अंकले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x