Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

काठमाडौंका सडकमा आधुनिक कुचो

काठमाडौंका सडकमा आधुनिक कुचो

काठमाडौं, १२ चैत । काठमाडौंका सडकमा आज देखी यान्त्रिक कुचोले धुलो बढालिएको छ । काठमाडौं महानगरपालिकाले इटालीबाट करिब ११ करोड रुपैयाँमा ५ वटा आधुनिक बुम्रर आयत गरि सडक सफा गरेको हो । उक्त सडक सफा गर्न ल्याइएका बुम्ररको काठमाडौं महानगरका मेयर विद्या सुन्द शाक्यले आज रिवन काटेर औपचारीक शुरुवात गरेका छन् ।

बुम्ररको उदघाटन गर्दै अब छिटै काठमाडौँ शहर धुलोमुक्त हुने उनले दाबी गरे । सफा र स्वच्छ शहरको योजनाबद्ध विकास र विस्तार, धुलो ,धुवाँ र ध्वनीमुक्त शहर प्रदुषणरहित वातावरण र फोहर मुक्त शहर बनाउने उद्देश्यसहित बुम्रर सञ्चालनमा ल्याएको मेयर शाक्यको भनाई छ ।

हालको लागि ५ ओटा बुम्रर भित्रए पनि अझै अपुग भएको हुदाँ बु्रमर थप गर्ने मेयर शाक्यले बताए । सो डिजेलबाट चल्ने बुमरको मुल्य प्रति गोटा मल्य २ करोड १५ लाख १७ हजार ६ सय ३६ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो । सबै बुम्ररमा दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमताको रहेको छ । काठमाडौं भित्र पाँच वटा बु्रमरका पाँच रुट तय गरिएको छ ।

पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती बुम्ररले ठूलो सहयोग पुग्ने विश्वास काठमाडौ महानगरपालिकाले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x