Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लगानी सम्मेलनमा राखिने ७७ परियोजना टुग्गो लाग्यो

लगानी सम्मेलनमा राखिने ७७ परियोजना टुग्गो लाग्यो

काठमाडौं,१२ चैत । यही चैत १५ र १६ गते काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा ७७ परियोजनहरुलाइ प्रोजेक्ट बैंकका रुपमा राखिने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बोर्डको बैठकले ५० सरकारी र निजी क्षेत्रबाट २७ गरी ७७ परियोजना लगानिका लागि सम्मेलनमा  राख्ने गरी टुग्गो लगाएको हो ।

बैठकमा लगानी सम्मेलनका तयारी पुरा भएको प्रधानमन्त्रीलाइ जानकारी गराइएको र सम्मेलनमा सहभागि हुने पाहुँनाहरुको आथित्यतामा कुनै कमि नगर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसै गरी सम्मेलनमा स्वदेशी विदेशी गरी ६ सय ५० भन्दा बढी सहभागिता निश्चित गरेको छ । यसैगरी लगानी सम्मेलनको तयारीका सम्वन्धमा जानकारी दिन वोर्डले बुधबार पत्रकार सम्मेलनको आयोजनका गर्ने भएको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x