नेपाल र चीनका व्यवसायी बीच संयुक्त लगानी परियोजनामा हस्ताक्षर हुने

काठमाडौं १३ चैत । भोलिदेखि काठमाडौंमा शुरु हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल र चीनका व्यवसायीले गर्ने संयुक्त लगानी परियोजनामा हस्ताक्षर हुने भएको छ । मेलामा नेपाल र चीनका लगानी कर्ता बीच संयुक्त लगानी परियोजनामा हस्ताक्षर हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।  महासंघकी अध्यक्ष भवानी राणाले चैत १५ गते उक्त परियोजनामा हस्ताक्षर हुने जानकारी दिइन ।

मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा, बाङ्गलादेशबाट ४० वटासहित २२५ स्टल रहने बताए। मेलाकै क्रममा चैत्र १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग महासंघले अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतीपत्रमा हस्ताक्षर कार्यक्रम राखेको छ।  यस वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलामा मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस उत्पादन रहने उल्लेख गरिएको छ। यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव एक लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य महासंघको रहेको छ।महासंघले मेलाको तयारी सकिएको  र यो वर्ष लगानी सम्मेलन पनि सोही समयमा भएको कारण विशेष हुने अपेक्षा गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *