Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१० हजार असफल शिक्षकलाई विदाई गर्न पाँच अर्ब २५ करोड

१० हजार  असफल शिक्षकलाई विदाई गर्न पाँच अर्ब २५ करोड

काठमाडौं, १३ चैत ।   स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ ।

लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित विदाई गर्ने तयारी अघि वढाइएको त्यसका लागि पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको र यही आगामी असार मसान्तपछि अस्थायी शिक्षकलाई विदाई गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

हाल देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग छन्। सरकारले केही समयअघि गठन गरेको कार्यदलले अपुग शिक्षकको तथ्यांक संकलन गरेको थियो। अपुग शिक्षकको तथ्याङ्कसहितको प्रतिवेदन कार्यदलले मन्त्रिपरिषद्मा बुझाइसकेको छ। शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार भने ३४ हजार ४०८ शिक्षक अपुग देखिएको महानिर्देक पौडेलले जानकारी दिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x