Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सन्राइज बैंकको १० लाख कित्ता ऋणपत्र जारी

सन्राइज बैंकको १० लाख कित्ता ऋणपत्र जारी

काठमाडौं, १३ चैत । सन्राइज बैंक लिमिटेडले १० लाख कित्ता ऋणपत्र निश्कासन गरेको छ । चैत २० गतेबाट खरिद गर्न सकिने गरी बैंकले ऋणपत्र निश्कासन गरेको हो । प्रतिकित्ता १००० का दरले १० लाख कित्ता ऋणपत्रमा छिटोमा २५ गतेसम्म र ढिलोमा बैशाख १९ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

कुल निश्कासित १० लाख कित्ता मध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता संस्थागत लगानीकर्ताहरुका लागि छुट्याईएको छ । ऋणपत्रमा लगानीकर्ताले १० प्रतिशत व्याजदर अर्धबार्षिक रुपमा भुक्तानी पाउँने व्यवस्था गरिएको छ ।

त्यस्तै प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । यो ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने बैंकले जानकारी दिएको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम ४ लाख कित्ताको लागि आबेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x