Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लगानीका लागि आवश्यक ऐन निर्माण गरिसक्यौं – अर्थमन्त्री खतिवडा

लगानीका लागि आवश्यक ऐन निर्माण गरिसक्यौं – अर्थमन्त्री खतिवडा

काठमाडौं, १३ चैत । अर्थ मन्त्री डा. युवराज खतिवडाले लगानी सम्मेलनलाई लक्षित गरि सरकारले लगानी सम्बन्धी सम्पुर्ण ऐन निमार्ण तथा संशोधन गरिसकेको र केही दिनमा नै बाँकी आवश्यक ऐन निमार्ण गरिने बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यहि चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाकारी दिदै मन्त्री खतिवडाले स्वदेशी तथा विदेशी लगानीकर्ताका सहजिकरणका लागी आवश्यक ऐन निमार्ण भइसकेको बताएका हुन् ।

सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरी सकेको मन्त्री खतिवडाले जनाकारी दिए । औद्योगिक व्यवसाय ऐन संसदमा गइसकेको र बौद्धि सम्पत्तिको अधिकार सम्बन्धी ऐन र कम्पनी ऐनमा संशोधनको तयारी अघि बढाइएको बताउदै उनले भने ‘हामी पारित भएका ऐनको नियमावली र कार्यविधि पनि छिटै बनाउँछौं , विगतमा जस्तो ढिलाइ गरेर बस्दौनौं । ऐनमा भएका सम्पुर्ण व्यवस्थालाई चाँडै कार्यान्वयन गर्ने उनले बताए । अहिले हुन गइरहेको लगानी सम्मेल यस अघि सम्पन्न भइसकेको लगानी सम्मेलनका पश्चात प्राप्त भएका वैदेशीक लगानी, प्रतिबद्धता र परियोजनालाई टुङ्गो लगाउन तथा थप ंलगानी भित्रयाउने उदेश्यले लगानी सम्मेलन गर्ने लागिएको मन्त्री खतिवडाको भनाई छ ।

सरकारको लगानी सम्मेलनलाई प्रभावित गर्नेगरी बिप्लव नेतृत्वको माओवादीले चैत १६ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । बिप्लवको बन्दले सम्मेलनमा असर पर्ने आंकलन
गर्दै मन्त्री खतिवडाले विप्लव माओवादीलाई लगानी सम्मेलनमा आउने विदेशी पाहुनालाई हाँसेर स्वागत गर्न आग्रह गरेका छन् । उनले सम्वन्धीत सबैलाई सुरक्षाको व्यवस्था राम्रोसँग मिलाएर पाहुनालाई स्वागत गर्न निर्देशन दिए ।

दुई दिने सम्मेलनमा ३ खर्ब ६९ अर्बको परियोजनाहरु प्रस्ताब गरिएको छ । जसमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीवाट हुनेछ भने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६०० भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने अर्थमन्त्रालयले जानकारी दिएको छ । त्यसमध्ये १२० जना भारतीय लगानीकर्ता सहभागी हुनेछन् ।

त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैह्र आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ । साथै सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री, विश्व बैंकका उपाध्यक्ष, एशियाली विकास बैंकका उपाध्यक्ष, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी, अन्तर्रा्ष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष, लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x