देशभर सञ्जाल फैलाउँदै स्वीच अन

काठमाडौं, १३ चैत्र । विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम स्वीच अन देशभर फैलने क्रममा छ । ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको स्वीच अनले हाल २० वटा सहरमा आफ्ना सोरुमहरु विस्तार गरिसकेको जानकारी दिएको छ ।

स्वीच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्राण्ड सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ ।

यसको केन्द्रीय कार्यालय काठमाडौंको नक्साल स्थित नारायणचौरमा रहेको छ । व्यवसाय प्रति रुचि भएका नव उद्यमीहरुलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्दै आएको स्वीच अनले जनाएको छ । यसमा आवद्ध भएका नव उद्यमीहरुलाई व्यवसाय संचालन गर्नु अगाडि स्वीच अनले उचित तालिम तथा प्रभावकारी बिक्रि योजना, बजार व्यवस्थापन, अकाउन्ट सम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *