पाँच अर्ब रुपैयाँ रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं,१४ चैत । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको रिपो बिक्री गर्ने भएको छ । नियमितरुपमा नै रिपो तथा ट्रेजरी बिल बिक्री गर्दै आएको बैंकले एक सूचनामार्फत रिपो बोलकबोल गर्ने एक सूचना मार्फत  जनाएको छ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्रि गर्दै आइरहेको छ । यसअघि गत सोमबार मात्रै बोलकबोल प्रक्रियाबाट १० अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रि गर्ने सूचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *