कामना सेवा विकास बैंकको दुई शाखा थप

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले दुई वटा शाखा कार्यालय थप गरेको छ । प्रदेश नं. १ उदयपुरको गाईघाट, त्रियुगा – ११ र प्रदेश नं. २ सप्तरीको राजविराज नगरपालिका ४ मा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको हो ।

उक्त दुवै शाखाको बैंकका संचालक चतुराखर अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन । बैंकले ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

हालसम्म बैंकका ७७ वटा शाखा कार्यालयहरु र ३२ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *