Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेडिसिटी अस्पताललाई विश्वस्तरीय मान्यता

मेडिसिटी अस्पताललाई विश्वस्तरीय मान्यता

काठमाडौं, १४ चैत । नेपाल मेडिसिटी अस्पतालले नेशनल एकिडिटेशन बोर्ड फर अस्पताल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबीएच) मान्यता प्राप्त गरेको छ । अस्पतालले दिने सेवा, जनशक्ति व्यवस्थामन, विश्वस्तरीय प्रविधि, विरामीमैत्री पूर्वाधार तथा अन्तर्राष्ट्रिय मापदण्डको सही व्यवस्थापनले नेपालको मेडिसिटी अस्पताल विश्वस्तरीय सुचिमा सुचिकृत भएको हो ।

एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान, स्वास्थ्य तथा जनसंख्य मन्त्री उपेन्द्र यादव र बाल गुरु आदित्य नारायणको उपस्थितिमा अस्पतालले एनएबीएचको प्रमाणपत्र प्राप्त गरेको थियो । प्रधानमन्त्री ओलीले अस्पताललाई प्राप्त भएको विश्व स्तरको मान्यताले अब विदेशीहरु पनि नेपालमा उपचारको लागि आउने ढोका खुलेको बताए । “नेपालको ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा साकार पार्न यो उपलब्धीले ठूलो भूमिका खेल्ने छ ।” ओलीले भने–‘१५ र १६ गते हुने लगानी सम्मेलनमा विश्वका सहभागीहरुलाई मेरो देशमा विश्वस्तरको अस्पताल छ, भन्न सकिने भईयो ।’

स्वस्थ मानिसले मात्र सुख र समृद्धिको महसुस गर्न सक्ने उनको भनाई थियो । विश्वले पहिलो पटक स्वास्थ्य क्षेत्रमा नेपाललाई विश्वास दिलाउँन सक्ने वातावरण मेडिसिटीले गरिदिएकोमा व्यवस्थापक टिम र सञ्चालक टिमलाई धन्यवादको साथै बधाई पनि दिए । सरकारी अस्पतालले आफ्ना सेवा र सुविधालाई व्यवस्थामान गर्न नसकेको र यस्ता अन्तर्राष्ट्रिय मान्यताहरु प्राप्त गर्नमा ध्यान नदिएकोमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे ।

सम्पूर्ण अस्पताललाई स्वस्थ प्रतिस्पर्धा गरेर जनताको हितमा काम गर्न समेत उनले आग्रह गरे । बाह्य पुँजी र प्रविधिलाई देशमा भित्र्याएर देशलाई समृद्ध बनाउँन दोस्रो लगानी सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा उलेख्य परिवर्तन भएको बताए । सरकारी कर्मचारी र डाक्टरहरुले गरेको मेहनतले यो सम्भव भएको उनले जानकारी दिए । त्यस्तै सरकारी र निजि क्षेत्रका अस्पतालहरुले साझेदारी रुपमा काम गरे मात्र स्वास्थ्यमा आमुल परिवर्तन हुन सकिने उनको भनाई थियो ।

त्यस्तै समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष उपेन्द्र महतोले उपचारको अभावमा अब कुनै पनि नेपाली मर्न नपर्ने भएको जानकारी दिए । यो मान्यता प्राप्त भएसँगै अब नेपाली उपचार कै लागि भनेर विदेश जानपर्ने बाध्यता हटेको बताए । यो सफलतामा प्राप्तमा नेपाल सरकार, नेपाल सरकारका सचिवहरु र आम जनताले गरेको विश्वास महत्वपूर्ण रहेको बताए । त्यसैगरी सरकारको समृद्ध नेपालको नारा साकार पर्न गैर आवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्ने विश्वास दिलाए । सरकारले ल्याएका योजनाहरुमा गैर आवासीय नेपालीको सहयोग निरन्तर रुपमा रहेको बताए । देशको समृद्धिको लागि गैर आवासीय नेपालीहरुले जुन सुकै सहयोग गर्ने र त्यसको लागि सरकारले विकासको क्षेत्रमा के गर्नु पर्ने हो त्यसमा ध्यान दिन आग्रह गरे ।

हालसम्म भारतका ७ हजार अस्पतालहरु मध्ये ५ सय ९२ वटालाई मात्र एनएबीएचले प्रमाणपत्र प्रदान गरेको छ । भारत बाहिर फिलिपिन्स र त्यस पश्चात नेपालको मेडिसिटी अस्पतालले पहिलो पटक यो मान्यता प्राप्त गरेको हो । समारोहमा महतोलाई एनएबीएचका कार्यकारी निर्देशक चिकित्सक हरिस नडकर्नीले एनएबीएचको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x