Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बिहिबार नेप्सेमा सामान्य सुधार

बिहिबार नेप्सेमा सामान्य सुधार

काठमाडौं, १४ चैत । साताको अन्तिम दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०१ अंकले बढेर १,१४४.५३ को विन्दुमा कारोबार बन्द भएको हो ।

बजारमा कुल १ सय ६८ कम्पनीहरुको ९,६५,०७९ कित्ता सेयर खरिद बिक्री हुँदा २४ करोड ५९ लाख ११ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा उक्त दिन शिवम् सिमेन्ट लिमिटेडले अग्रता लिएको छ । कम्पनीको आज २ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

यसैगरि सिभिल लधुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सो दिन सर्वाधिक कमाएका छन् । जसको प्रतिसेयर मुल्यमा ५.८८ प्रतिशतको वृद्धि देखिएको छ । साथै युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्यमा ९.५९५९६ प्रतिशतको गिरावट देखिएको छ ।

बिहिबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ६ वटा समुहको परिसुचक बढेको छ भने ४ वटा समुहको सुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x