Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली बजारमा पहिलो पटक ७ सिट्रर ग्लोरी-५८० सार्वजनिक

नेपाली बजारमा पहिलो पटक ७ सिट्रर ग्लोरी-५८० सार्वजनिक

काठमाडौं, १४ चैत । नेपाली अटो बजारमा पहिलो पटक ७ सिट्रर ग्लोरी ५८० मोडलको एसयुभी गाडी सार्वजानीक गरिएकोे छ । चाइनिज अटो कम्पनी डोङफेङ सकोन (डीएफएसके) ले निमार्ण गरेको उक्त गाडी नेपालमा कुजु नेपाल प्रा. लि. ले ल्याएको हो ।

नेपाली बजारमा ग्लोरी ५८० मोडलको एसयुभी लग्जरी भेरियन्ट र म्यानुयल ट्रान्समिसनमा उपलब्ध रहने कम्पनीले जनाएको छ । १.५ लिटरको टर्बोचाज्र्ड इन्जिन रहेको एसयुभीको सुरुवाति मूल्य ६२ लाख ८० हजार रुपैयाँ तोकिएको छ भने भेरियन्टको मूल्य ६९ लाख ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ । लम्बाई ४६८०, चौडाई १८४५ तथा उचाई १७१५ एमएमको रहेको उक्त एसयुभी गाडीको इन्जिनले १४८ बीएचपी तथा २२० एनएम–टर्क उत्पादन गर्छ ।

यसमा १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ भने १७ इन्चको अलोय ह्वील रहेको छ भने यसको ग्राउण्ड क्लियरेन्स–२०० एमएम रहेको छ । इन्टेरियर आकर्षक रहेको ग्लोरी–५८० ले ड्यूल–टोन ड्यासबोर्ड तथा १० इन्चको स्क्रिनसहितको इन्फोटेन्मेन्ट सिस्टमले क्याविनलाई लग्जरियस फिल गराउँने कम्पनीको दाबी छ । साथै थ्री–स्पोक स्टेरिङ्ग ह्वीलमा अडियो, फोन तथा कु्रर्ज कन्ट्रोलको माउन्टेड सुइज रहेको छ ।

विश्वका ७० भन्दा बढी देशमा बिक्री हुँदै आएको यस ब्रान्डको प्रिमियम एसयूभीको इन्जिनमा ७ वर्ष वा १,५०,००० किलोमिटरको वारेन्टी प्रदान गरिएको छ । गाडी बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै कम्पनीले ललितपुरको जुवागलमा सर्भिस सेन्टर पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x