Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी सम्मेलनका लागि विदेशी पाहुँना आउन शुरु, राजधानीमा सुरक्षा निगरानी बढाइयो

लगानी सम्मेलनका लागि विदेशी पाहुँना आउन शुरु,  राजधानीमा सुरक्षा निगरानी बढाइयो

काठमाडौं,१४ चैत । लगानी सम्मेलनका लागि आमन्त्रित विदेशि पाहुँनाहरु आउन शुरु भएको छ । भोलीबाट शुरु हुने लगानी सम्मेलनमा म्यान्मारका अर्थ मामिला मन्त्री सहित ४० देशका ३५० पाँउनाहरु सहभागि हुने भएका छन् । त्यसमा पनि सवै भन्दा बढी चिन र भारतका उद्योगी प्रतिनिधि रहेका छन् । हाइ प्रोफाइलको रुपमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धी मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकअन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूतिसम्बन्धी निकायका उपाध्यक्ष तथा कार्यकारी केइको होण्डा, अन्तर्रा्ष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेश सहभागी हुनेछन् ।

त्यस्तै एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली तथा माइक्रोसफ्ट्, अमेजन, पावर चाइना, चाइना रेल्वे, डाबर, युनिलिभरलगायतका विश्व प्रसिद्ध कम्पनीका उच्च पदस्थ व्यक्तिको सहभागिता रहनेछ । यसैगरी सरकारले लगानी सम्मेलनलाइ ध्यान दिदै उपत्यकाको शुरक्षा सतर्कता बढाउदै लगाएको छ । चेकिङ्ग कढाइ गरिएको छ  चोक चोकमा शुरक्षा कर्मीको संख्यमा बृद्धि गरिएको छ  । करिब ६ हजार सुरक्षाकर्मी तैनाथ भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ।

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x