Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

राष्ट्र बैंकले ११ अर्व ६१ करोडको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले ११ अर्व ६१ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, १८ चैत । नेपाल राष्ट्र बैंकले ११ अर्ब ६१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १ सय ८४ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ । बैंकले २८ दिनको लागि ३ अर्ब २५ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । ९१ दिनको लागि जारी हुने १ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७६ असार १७ गते परिपक्क हुनेछ । यस्तै, १८२ दिनको लागि जारी हुने ३ अर्ब रुपैयाँको ट्रेजरी असोज १४ गते परिपक्क हुनेछ ।

यता, केन्द्रीय बैंकले १ वर्ष अवधिका लागि ४ अर्ब ३६ करोड रुपैयाँको ट्रेजरी गर्दैछ । यो बिल २०७६ चैत १८ गते परिपक्क हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *