Shangrila

एसियन लाइफ इन्स्योरेन्सको हकप्रद चैत २५ देखि

काठमाडौं, १८ चैत । एसियन लाइफ इन्स्योरेन्सको चैत २५ गते सोमबारदेखि ६० प्रतिशत हकप्रद खुला हुने भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद वैशाख २९ गते तोकिएको छ । लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरिएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *