सेयर बजारमा ६.४३ अंककोे बृद्धि,परिसुचक ११४९.९९ को बिन्दुमा

काठमाडौं, १८ चैत । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा सुधार आएको छ । पहिलो दिन (हिजो) ०.९१ अंकले घटेको बजार आज ६.४३ अंकले बढेर ११४९.९९ विन्दुमा पुगेको हो ।

आज १ सय ७१ कम्पनीको १२ लाख ६५ हजार ६ सय ६४ कित्ता सेयर ३५ करोड २८ लाख रुपैयाँमा
कारोबार भएको छ । सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ । जसको २ करोड २० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै सबै भन्दा बढी कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् भने सबै भन्दा बढी गुमाउनेमा युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन र अन्य समुहको परिसुचक घटेको छ । उत्पादन तथा प्रशोधन समुहको परिसुचक ४.६६ र अन्य समुहको परिसुचक ५.९२ अंकले घटेको छ भने बाँकी अरु सबै समुहको परिसुचक बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *