Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हावा हुरीमा परी घाइते भएका सवैको उपचार राज्यले गर्ने, आर्थिक क्षतिको एकिन विवरण संकलन गर्न निर्देशन

हावा हुरीमा परी घाइते भएका सवैको उपचार राज्यले गर्ने,  आर्थिक क्षतिको एकिन विवरण संकलन गर्न निर्देशन

काठमाडौं,१९ चैत । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको हावा हुरीमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय हो ।   उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अपर्ण गर्दै सरकारले शोक प्रकट गर्ने निर्णय गरेको छ ।

बैठकले प्रभावित शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधिसहितको स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने तथा विपद् प्रभावित क्षेत्रमा विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने बैठकले गरेको निर्णय छ ।

यसै गरी बैठकले सम्पूर्ण क्षतिको विवरण संकलन गरी राहत तथा पूननिर्माणको कार्य समन्वयात्मक ढंगबाट गर्ने भएको छ । उक्त घटनामा परेर हालसम्म २७ जनाको मृत्यु हुनुका साथै ६१३ जना घाइते भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x