संचार मन्त्री बास्कोटा भन्छन्, अर्थले भन्दैमा हुलाक बचत बैंक बन्द गरिदैन

काठमाडौं,१९ चैत ।आर्थिक वर्ष २०७५ । ७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हुलाक बचत बै‌कलाई खारेज गरी सञ्चित रकमलाई वाणिज्य बै‌कमा राख्ने व्यवस्था गरिने घोषणा गरे पनि सरोकार वाला मन्त्रालयले भने त्यसलाई कुनै पनि हालतमा कार्यान्वनमा लैजान नसकिने बताएको छ । “अर्थले हुलाक बचत बैंक बन्द गर भन्दैमा बन्द गरिदैन । अझ प्रविधि मैत्री बनाउदै लैजानुको विकल्प छने । कुरा गर्ने डिजटल इकोनमी सूंचना प्रविधि मातहत रहेको हुलाक बंचत बैक बन्द गर भन्ने मिल्दैन र बन्द गरिदैन। दोस्रो चौमासिक समिक्षाका बैठकमा मन्त्री बास्कोटाले भने ।

नेपालमा सन १९७५  बाट यसको अभ्यास भएपनि  विश्वमा  हुलाक बचत बैंकको शुरुवात सन् १८६१ देखि बेलायतबाट भएको मानिन्छ । नेपालमा हुलाक ऐन, २०१९ अन्तर्गत जारी भएको हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैंकको अभ्यास प्रारम्भ भएको हो । सबै जिल्ला हुलाक कार्यालय, ४ वटा क्षेत्रीय हुलाक निर्देशनालय, १ गोश्वारा हुलाक कार्यालय र ४२ इलाका हुलाक कार्यालयसमेत ११७ वटा हुलाक कार्यालयहरुमा विस्तारित भएको छ ।

हाल विश्वका ७० भन्दा बढी मुलुकका हुलाक प्रशासनले हुलाक बचत बैंक सेवा सञ्चालन गर्दै आएका छन् । जापानको हुलाक बचत बैंकलाई नमुना हुलाक बचत बैंकको रुपमा लिइन्छ, जसले त्यहाँको समग्र बैंकिङ्ग प्रणालीमा १२ प्रतिशनभन्दा बढी योगदान गर्दछ । भारतमा हुलाक बचत बैंकलाई गरिबहरुको बैंकको रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *