Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अव घरमै बसी–बसी औषधी खरिद गर्न सकिने

अव घरमै बसी–बसी औषधी खरिद गर्न सकिने

काठमाडौं, १८ चैत । अब घरमै बसेर आफूलाई चाहिने आवश्यक औषधी मोबाइलको माध्यमबाट मगाउन सकिने भएको छ। थ्रि मोङक प्रालीले बजारमा ल्याएको विधाना नामक मोबाइल एप्स डाउनलोड गरेमा घरमै बसी–बसी आवश्यक औषधी माग गर्न सकिने कम्पनीले जनाएको हो ।

कम्पनीका विजनेस युनिट हेड हृदयमान श्रेष्ठले यो एप्स डाउनलोड गरेमा बिरामीले आफूलाई चाहिने आवश्यक औषधी घरमै उपलब्ध गराउने बताए । कुनै पनि बिरामीले चिकित्सकले दिएको प्रेस्क्रिप्सनको फोटो पठाएमा त्यो प्रेस्क्रिप्सनका आधारमा औषधीको मूल्य फार्मेसीहरुले बिरामीलाई पठाउनुका साथै औषधी पनि घरमै पुर्‍याउने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x