नेपाल एसविआई बैंकको शेयर मुल्य समायोजन

काठमाडौं, २ पौष । नेपाल स्टक एक्सचेन्जले नेपाल एसबिआई बैंकको शेयर मुल्य समायोजन गरेको छ । बैंकको शेयर ६४५ रुपैयाँमा मुल्य समायोजन गरिएको छ । बैंकले १५.४२ प्रतिशत बोनस शेयर दिने भएकोले मुल्य समायोजन गरिएको हो । नेप्सेको अनुसार बैंकको शेयर आधार मुल्य ८४८ रुपैयाँ रहेको छ ।

बैंकले पौष १९ गते २४औं वार्षिक साधारण सभाका लागि शेयरधनीहरुलाई बोलाएको छ । सोहि साधारण सभामा बैंकले १५.४२ प्रतिशत बानेस शेयर दिने भएको छ । लाभांश प्रयोजनका लागि बैंकले मंसिर २९ देखी पौष १९ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

बैंकले प्रस्ताव गरेको १५.४२ प्रतिशत बोनस शेयर जारी पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *