Shangrila

लुम्विनी जनरल इन्स्योरेन्सको मुल्य समायोजन

काठमाडौं, २ पौष । लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले इन्स्योरेन्सको प्रति शेयरलाई ६८३ रुपैयाँमा मुल्य समायोजन गरेको छ । १२.८२ प्रतिशत बोनस शेयर दिने भएपछि इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरिएको हो । नेप्सेको अनुसार इन्स्योरेन्सको शेयर आधार मुल्य ८०३ रुपैयाँ रहेको छ ।

लुम्बिनी जनलर इन्स्योरैन्सले पौष १४ गते १३औं वार्षिक साधारण सभा गर्दैछ । सोहि साधारण सभामा इन्स्योरेन्सले शेयरधनीहरुलाई १२.८२ प्रतिशत बोनस शेयर र कर तिर्नका लागि ०.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लाने भएको छ । इन्स्योरेन्सले बोनस प्रयोजनका लागि मंसिर २९ देखी पौष १४ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गरेको छ ।

बोनस शेयरको पुँजीकरण पछि लुम्बिनी जनरलको चुक्ता पुँजी ८८ करोड ३० लाख रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी ७८ करोड ३० लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सलाई १ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउनका लागि २१ करोड ७० लाख रुपैयाँ आवश्यक पर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *